नियम १२
पद खारेज हुने
(१) ऐनको दफा १५ बमोजिम कायम मुकायम मुकरर भएको पद
बाहेक पद श्रृजना भएको मितिले दुई वर्षसम्म स्थायी पूर्ति हुन नसकी रिक्त रहेको पद
स्वतः खारेज भएको मानिनेछ र यसको अभिलेख निजामती किताबखानाले अद्यावधिक
गरी राख्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि रिक्त पदको स्थायी
पूर्तिका लागि लोक सेवा आयोगमा माग पठाएकोमा लोक सेवा आयोगबाट स्थायी पूर्तिका
लागि सिफारिस भई नआएसम्म त्यस्तो पद खारेज हुने छैन ।
(३) उपनियम (१) बमोजिम पदहरू खारेज भएको सूचना निजामती
किताबखानाले सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय र सम्बन्धित
कार्यालयलाई दिनु पर्नेछ ।